बलिउड अभिनेता ओबरायले, पशुपतिनाथमा विशेष पूजा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । ओबरायले उनबा बुबा कलाकार तथा टेलिभिजनकर्मी सुरेश ओवरायसँग बिहीबार बिहान खुमलटार गएर अध्यक्ष प्रचण्डसँग भेटेको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले ओवरायलाई ढाका टोपी उपहार दिएका छन् । भेटमा प्रचण्ड र ओवरायबीच चलचित्र र कला संस्कृतिका विषयमा कुराकानी भएको थियो । सुरेश ओवरायले भने प्रचण्डलाई नेपालमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको बताएका थिए । भेटमा दुबै बाबुछोराले नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यबारे प्रशंशा गरेका थिए ।

ओबराय परिवारले आज पशुपतिनाथमा मन्दिरमा पुगेर विशेष पूजा अर्चनासमेत गरेका छन् ।

ओबराय परिवार भोलि (शुक्रबार) पोखरा घुम्न जाने कार्यक्रम रहेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *