उषामै ‘शान्ति बोल्ने’ बौद्धनाथ महाचैत्य (तस्बिरहरू)

काठमाडाैँ । विश्व सम्पदा सूचिमा सूचीकृत बौद्धनाथ महाचैत्य, उपत्यकाका चार महाचैत्यमध्ये सबैभन्दा ठूलो महाचैत्य हो ।

नेपाल भाषामा बौद्धनाथ महाचैत्यलाई खास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्धनाथ स्तूपको गोलार्ध ३६ मिटर छ । यस स्तूपको निर्माण आरम्भ ज्यजीमा देछोग ले गरेका थिए भन्ने विश्वास गरिन्छ ।

बौद्धनाथ चैत्यलाई विभिन्न समयमा तथा विभिन्न ग्रन्थहरूमा खास्ती, खसुती, खसोर जस्ता नामले सम्बोधन गर्ने गरेको पाइन्छ ।

तिब्बती भाषामा भने यस महाचैत्यलाई यम्बु छोर्तेन खस्योर भनिन्छ । नेवा:, तामाङ, शेर्पा साथै तिब्बतीहरूको साझा आस्थाको केन्द्र बौद्धनाथलाई हिन्दुहरूले पनि उतिकै पुज्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *