अनेरास्ववियुले गर्यो अध्यादेशको विरोधमा प्रदर्शन (तस्बिरहरू)
२०७९ मंसिर २७ गते

काठमाडौँ । एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले भर्खरै ल्याएको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने निर्णयको विरोधमा आज त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेको हो ।
सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेसम चौधरी सहित मोहम्मद अफ्ताव आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने तयारी गरेको भन्दै अनेरास्ववियु विरोधमा उत्रिएको हो । अध्यादेशको सत्ता गठबन्धन र एमाले नेताहरूलेसमेत विरोध गरिरहेका छन् ।
भावी सत्ता समीकरणलाई सजिलो बनाउन अघि बढाइएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ ।

२०७९ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








