यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका समानुपातिक सांसद 

सुर्खेत । कर्णाली प्रदेशबाट ७ जना सांसद समानुपातिकको अन्तिम बन्दसूचीमा परेका छन् । दलहरुले प्रतिनिधि सभामा समानुपातिक सांसदको अन्तिम टुङ्गो लगाएका सँगै कर्णालीबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।
नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्र पार्टी १ १ गरी ७ जना सांसद कर्णाली प्रदेशबाट समानुपातिकको अन्तिम बन्द सूचीमा परेका छन् । नेपाली कांग्रेसले जुम्लाकी कान्तिका सेजुवाल र जाजरकोटकी मैना रावललाई महिला खस आर्य पिछडिएको क्षेत्रबाट सांसद बनाएको छ ।
यस्तै, दैलेखकी सिता कुमारी रानालाई आदिवासी जनजातितर्फबाट सांसद बनाएको हो । नेकपा एमालेले आदिवासी जनजातितर्फ दैलेखकी सूर्य कुमारी श्रेष्ठ र दलिततर्फ रुकुमश्चिमका चन्द्र बहादुर विश्वकर्मालाई समानुपातिक सांसदको अन्तिम बन्दसूचीमा नाम सिफारिस गरेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)ले आदिवासी महिलातर्फ हुम्लाकी छिरिङ ल्यामु लामा तामाङलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले पिछडिएको क्षेत्र महिलातर्फ जुम्लाकी बिनिता कठायतलाई समानुपातिक सांसदमा अन्तिम टुङ्गो लगाएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *