१५ तस्बिरमा हस्तकला मेला

काठमाडौँ । टुसाल स्थित हायात चौरमा १९ औँ हस्तकला मेला तथा १७ औँ हस्तकला प्रतियोगिता सञ्चालन भइरहेको छ ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा सञ्चालित मेला र प्रतियोगिता यही मङ्सिर २७ गते मंगलबार सम्म सञ्चालन हुनेछ ।

मेलामा बिक्री तथा प्रदर्शनीको लागि १३६ वटा ठुला तथा साना स्टलहरु राखिएको नेपाल हस्तकला महासङ्घका कार्यसमिति सदस्य दीपेन्द्र शाक्यले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत मैन, काठ, माटो र ढुङ्गाको गरुडको मूर्ति बनाउने प्रतियोगिता सञ्चालन भइरहेको छ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाउनेछन् ।

यसै गरी बुनाइ प्रतियोगिता अन्तर्गत पनि पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाउनेछन् ।

मेलाको यही मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =