कोठाको पङ्खामा झुन्डिएकी सदिक्षाको न्यायको लागि प्रदर्शन (तस्बिर)

काठमाडौँ । गत मंसिर २१ गते बुधबार सानेपा स्थित आफ्नै कोठाको पङ्खाको हुकमा सलको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी सदिक्षा चौधरीको न्यायको माग गर्दै उनकी आमा शारदा चौधरी सहित समकक्षी विद्यार्थीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

बिश्वनिकेतन माबी त्रिपुरेश्वर को कक्षा ११ मा अध्यनरत छात्रा चौधरीलाई बिद्यालयका “डिआइ” नवराज लोहनीले अनावश्यक मानसिक तनाब दिई आत्माहत्या गर्न बाध्य पारेको मृतककी आमा शारदा चौधरी र साथीहरुको आरोप छ ।

सप्तरीको सुरङगा नगरपालिका वडा नं ७ बसाङकोटी घर भई हाल ललितपुरको सानेपा बस्ने १६ वर्षीया सदिक्षा चौधरीको शव परिवारजनले उठाएका छैनन् । डिआइ लोहनीलाई कार्बाही नभए सम्म शव नउठाउने उनीहरुको भनाइ छ । मृतक चौधरीको शव हाल पाटन अस्पतालमा रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *