सिनेमा हलमा ‘वर्ल्डकप’ देखाएमा विकास बोर्डको कारबाही गर्ने

काठमाडौँ । चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल देखाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रसारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले भनेको छ, केही फिल्म हलहरूले मङ्सिर २३ गतेदेखि विश्वकप फुटबल देखाउने सन्दर्भमा ती फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रमा उल्लेख भएबमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही भैजाने ब्यहोरा सहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र सङ्घलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो ।
यस्तो छ पत्र :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *