चितवनमा बलेरो र मोटरसाइकल ठोक्कियो, जर्मन नागरिकको मृत्यु

चितवन । चितवनमा बलेरो र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जना जर्मनीका नागरिकको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा भएको उक्त दुर्घटनामा घाइते भएका जर्मनी नागरिक ६० वर्षका माइकल मायर ओवरस्वेनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार ओवरस्वेनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र सोही दिशातफ जादैँ गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको बलोरे ठोक्किएको हो । मोटरसाइकलको पछाडि सवार एक विदेशी नागरिकको मध्यम अवस्थामा उपचार भइरहेको र उनको नाम थर नखुेलको प्रहरीको भनाइ छ । बलोरोमा सवार धादिङ गाउँपालिका–५ बस्ने वर्ष ६३ का निरबहादुर तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
बलेरो चालक गोरखा घर भएका वर्ष २१ का साजन भुजेललाई प्रहरीले नियन्त्रण लिएको छ । इच्छाकामना गाउँपालिका–३ फिस्लिङ स्थित पृथ्वी राजमार्ग अन्तर्गत एक आपसमा ठोकिएको हो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =