इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ

तेहरान । इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको ूसबोटेज नेटवर्कू का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी)ले मङ्गलबार जनाएको छ।

गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा ‘तोडफोड गर्ने कार्य’ गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।

गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित ‘प्रतिक्रान्तिकारी तत्त्वहरू’ को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *