बुधवार राति परेको अविरल वर्षाको कारण केन्यामा ३८ जना बढीको मृत्यु

एजेन्सी । केन्यामा भारी वर्षाका कारण ३८ जना भन्दा बढीको ज्यान गएको छ ।

पूर्वी अफ्रिकी देश केन्यामा व्यापार, व्यवसायहरू समेत अवरुद्ध भएको छ । केन्याको राजधानी नैरोबीमा बुधवार राति परेको अविरल वर्षापछि मथारे बस्तीमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

यस अनौपचारिक बस्तीका बासिन्दाहरू प्रायः कम आय भएका छन् । राजधानीका अन्य भागमा पनि रातिको भीषण वर्षापछि बाढीले डुबेका घर तथा व्यापार, आवतजावत गर्न नसक्ने सडक र रुखहरू ढलेको अवस्थामा छ ।

हावाहुरीसहितको पानी सडकमा रहेकाले कतिपय क्षेत्र सहरसँग सम्पर्कविहीन भएका छन् । केआरसीएसका अनुसार भारी वर्षाले देशका कम्तीमा २३ काउन्टीलाई असर गरेको छ । ११ लाख भन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *