दिल्लीको ल्याण्डफिल साइटमा आगलागी

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रहेको ल्याण्डफिल क्षेत्रमा आगलागी भएको छ । सो क्षेत्रबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीयहरूले बताएका छन् । आगो निभाउने कार्य चलिरहेको छ ।

आइतबार साँझदेखि ल्याण्डफिल साइटमा आगलागी जारी छ । यसैबीच ल्याण्डफिलबाट निस्कने विषाक्त धुवाँले स्थानीय बासिन्दाहरूलाई सास फेर्न अप्ठ्यारो भएको छ । आगलागीको कारण खुल्न नसकेको भए पनि घटनामा संलग्न अज्ञात व्यक्तिहरू विरुद्ध कानुनी कारबाही अघि बढाएको अधिकारीहरूले जनाएका छन् ।

दिल्ली फायर सर्भिस डिपार्टमेन्टका अनुसार फोहोरको थुप्रोमा मिथेन मिसिएको कारणले ल्याण्डफिलमा आगो लागेको हो । अधिकारीहरूले आगलागीको कारण तातो र सुख्खा मौसमलाई दोष दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *