सकियो गठबन्धन बैठक : अपेक्षाकृत नतिजा नआएको निष्कर्ष

काठमाडौँ । चुनावी परिणामबारे समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।

हालै सम्पन्न आम निर्वाचनमा गठबन्धनले अपेक्षा गरेजस्तो नतिजा ल्याउन नसकेको बैठकले निष्कर्ष निकालेको सहभागी एक नेताले बताएका छन् । निर्वाचन सफल रूपमा सम्पन्न गराएकाे बैठकले सरकारलाइ धन्यवाद समेत दिएकाे उनले बताए ।

सोमबार करिब साढे ३ बजेटबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको थियो ।

त्यस्तै, नयाँ सरकार गठनबारे पनि छलफल भएको छ । तर, सरकारको समीकरणबारे ठोस कुरा के भयो भन्नेबारे उनले बताउन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *