कर्णाली प्रदेश सभामा युवा हैन प्राैढकाे नेतृत्व : ४० मुनिका १, ६० माथिका ३ सांसद

सुर्खेत । पछिल्लो निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्वको विषयले देशभर प्राथमिकता पायो । तर, कर्णाली प्रदेशको चुनावी परिणाममा भने यस्तो देखिएन । कर्णाली प्रदेशको मतपरिणामअनुसार प्रत्यक्षतर्फ प्रदेश सभाका २४ निर्वाचन क्षेत्रमा १ जना मात्र ४० वर्षमुनिका सांसद निर्वाचित भएका छन् ।

यस्तै ६० वर्ष माथिका ३ जना मात्रै निर्वाचित भएका छन् । सबैभन्दा धेरै ४०—५९ वर्ष उमेर समूहका २० सांसद निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६—४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।

मत परिणामअनुसर ४० वर्षमुनिको उमेर समूहमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट निर्वाचित ३९ वर्षीय सांसद घनश्याम भण्डारी छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारीले १० हजार ८ सय २२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

६० माथिका कर्णाली प्रदेश सभा सांसद
यसैगरी कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ ६० माथिका ३ जना सांसद निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित ६६ वर्षीय सांसद विनोदकुमार शाह, कालिकोट प्रदेश सभा (ख) बाट निर्वाचित ६३ वर्षीय हिक्मतबहादुर बिष्ट र सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट निर्वाचित ६० वर्षीय सांसद यामलाल कँडेल रहेका छन् । शाह र कँडेल नेकपा एमालेबाट निर्वाचित सांसद हुन भने बिष्ट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

यस्तो छ, कर्णाली प्रदेश सभामा निर्वाचित सांसदहरुको उमेरगत समूह

४० वर्षभन्दा कम
दैलेख–२ ‘क’ : घनश्याम भण्डारी (नेपाली कांग्रेस) : ३९ वर्ष

४०—५९ वर्ष सम्म
जाजारकोट–१ ‘क’ : वेदराज सिंह (नेपाली कांगे्रस) : ४२ वर्ष
जुम्ला–२ ‘ख’ : टेकराज पछाई (नेकपा एमाले) : ४२ वर्ष
सुर्खेत–२ ‘ख’ : बिन्दमान बिष्ट (नेकपा माओवादी) : ४३ वर्ष
सुर्खेत–१ ‘ख’ : कुष्णबहादुर जिसी (माओवादी केन्द्र) : ४३ वर्ष
हुम्ला–१ ‘क’ : रनसिंह परियार (नेकपा माओवादी) : ४५ वर्ष
डोल्पा–१ ‘क’ : शेरबहादुर बुढा (नेकपा एमाले) : ४५ वर्ष
रुकुम पश्चिम–१ ‘क’ : महेन्द्र केसी (माओवादी केन्द्र) : ४९ वर्ष
रुकुम पश्चिम–१ ‘ख’ : राजकुमार शर्मा (माओवादी केन्द्र) : ५१ वर्ष
मुगु–१ ‘क’ : जितबहादुर मल्ल (नेकपा एमाले) : ५२ वर्ष
कालिकोट–१ ‘क’ : दुर्गाबहादुर रावत (माओवादी केन्द्र) : ५३ वर्ष
सल्यान–१ ‘ख’ : सुरेश अधिकारी (नेपाली कांगे्रस) : ५३ वर्ष
जाजारकोट–१ ‘ख’ : राजिब बिक्रम शाह (नेपाली कांग्रेस) : ५४ वर्ष
मुगु–२ ‘ख’ : मंगलबहादुर शाही (माओवादी केन्द्र) : ५४ वर्ष
दैलेख–१ ‘क’ : पूर्णबहादुर खत्री (नेपाली कांग्रेस) : ५५ वर्ष
डोल्पा–१ ‘ख’ : वीरबहादुर शाही (माओवादी केन्द्र) : ५५ वर्ष
हुम्ला–१ ‘ख’: जीवनबहादुर शाही (नेपाली कांग्रेस) : ५७ वर्ष
दैलेख–१ ‘ख’ : कृष्णकुमार बिसी (नेपाली कांग्रेस) : ५८ वर्ष
सल्यान–१ ‘क’ : भीमप्रकाश शर्मा (माओवादी केन्द्र) : ५८ वर्ष
सुर्खेत–१ ‘क’: खड्कबहादुर पोखरेल (नेपाली कांग्रेस) : ५९ वर्ष
जुम्ला–१ ‘क’ : देबेन्द्रबहादुर शाही (स्वतन्त्र) : ५९ वर्ष

६० वर्षभन्दा माथि
सुर्खेत–२ ‘क’ : यामलाल कँडेल (नेकपा एमाले) : ६० वर्ष
कलिकोट–१ ‘ख’ : हिक्मतबहादुर बिष्ट (नेपाली कांग्रेस) : ६३ वर्ष
दैलेख–२ ‘ख’ : विनोदकुमार शाह (नेकपा एमाले) : ६६ वर्ष

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *