आजको सुनको मूल्य कति ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख नजिक पुगेको छ। साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बढेर ९९ हजार १०० रुपैयाँ पुगेको थियो।

यसदिन चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *