प्रेस विज्ञप्ति

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । उपभोक्ताको माग अनुसार गाईको शुद्ध दूधलाई बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार काठमाडौँ बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरेर प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको छ । यस दूधको प्रत्येक प्याकेट क्रिमयुक्त छ । यसले सम्पूर्ण परिवारको स्वास्थ्य र स्वादिष्टतालाई सुनिश्चित गरि प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको भनाई छ ।

दूध न्यूनतम ३.५ प्रतिशत FAT र न्यूनतम ७.५ प्रतिशत SNF हुनेहुुँदा सजिलै पचाउन सकिन्छ । कम्पनीका अनुसार सफल ह्याप्पी काउ मिल्क S.N.F र FAT को पुरै सन्तुलन मिलाइएको हुन्छ । जस कारण यो Tastier, Creamier Healthier छ । यो दूध शरीरलाई चाहिने र Calcium, Protein र Vitamin का साथैअन्य मिनिरल पूर्वरूपमा पाइन्छ ।

जसले गर्दा पौष्टिकता पाउनुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

हिन्दु रीतिरिवाज अनुसार धार्मिक कार्यजस्तै भग्वानलाई अपर्ण गर्न, पंचाम्रित बनाउन, त्यस्तै अन्य शुभ कार्य जस्तैः विवाह, ब्रतबन्ध र पूजाका कार्यहरूमा पनि सफल ह्याप्पी काउ मिल्कको प्रयोग गरिन्छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० ml को पाउचमा उपलब्ध छ । यसको अधिकतम मूल्य विक्री मूल्य रु ६० तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *