लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न. ८,बोडेमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *