गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय

काठमाडाैँ । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा फेला शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

आज बिहान भक्तपुरस्थित बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । छिमेकीले बाँस्कोटाको घरको पर्खाल छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसअघि २०७६ को फागुनमा बम विष्फोट हुँदा बाँस्कोटाको घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *