स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै, पछि परिन् अर्याल

काठमाडौं । स्याङजा २ बाट प्रतिनिधिसभातर्फ अग्रस्थानमा रहेका नेपाली कांग्रेसका धनराज गुरुङले १६ हजार ५३८ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल २ हजार ३१५ मतले गुरुङ भन्दा पछाडि छन् । अर्यालले १४ हजार २२३ मत ल्याएकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार १६४ मत ल्याएका छन् भने मङ्गोल नेशनल अर्गनाइजेसनका चोकबहादुर गुरुङले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले ३४२ र एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीले १०० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *