एनआईसी एशिया ‘विश्वकप’ योजना : ३०० जनाले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

काठमाडौँ । एनआईसी एशिया बैङ्कले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरूको सही विजेता अनुमान गर्नेमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रु. ५०० देखि रु. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था गरिएको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैङ्कले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गरिने बैङ्कले जनाएको छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैङ्कको एपमा बैङ्कले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ ।

जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौँस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मङ्सिर मा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैङ्कले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *