काेसेली केन्द्र राँके बजार (तस्बिरहरु)

पाँचथर । काेसेली केन्द्र राँके बजार । मेची राजमार्गको इलाम–राँके सडकखण्डअन्तर्गत इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार लेकाली कोसेलीका लागि प्रसिद्ध छ ।

सडकछेउका ससाना घर । घरका पेटीमा प्लास्टिकका बट्टामा सजाएर राखिएका राताम्ये अकबरे खुर्सानीका अचार । अकबरेका थुप्राहरु । प्रारङ्गारिक चिया, ललीपप, घिउ तथा सिजन अनुसारका विभिन्न फलफूल तथा तरकारी पाउनु यो बजारको विशेषता हो ।

यहाँ मेची राजमार्ग यात्रा गर्ने र इलामको कन्याम घुम्न आउने मानिसले केही न केही कोसेली किनेकै हुन्छन् ।

मौसमअनुसारका तरकारी आलु, कउली, साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दा, टमाटरलगायत स्थानीय उत्पादन तथा सागसब्जीले भरिभराउ यो बजारमा सिजनका सम्पूर्ण सामान पाइन्छ । कासेलीमा भने ललीपप, छुर्पी, घिउ, अनार, कट्टुस, सुन्तला, किबीलगायत सिजनमा उत्पादन भएका सम्पूर्ण लेकाली खाद्य पदार्थ पाइन्छ ।

जरिबुटीमा चिमफिङ, टिम्बुर, खनक्पाल, चिराइतो, बिख्मा, ठूलो ओखती पनि यो बजारको अर्को कोसेली हो । स्थानीय उत्पादनको बजारको रुपमा परिचित यो बजार १२ महिना चिसो तथा ओसिलो हुने भएकाले केही दिन सामान स्टक भए पनि कुहिले तथा बिग्रने सम्भावना नरहेको व्यापारी रुपा लिम्बू बताउँछिन् ।

यतिमात्र होइन, यहाँको बजार भएर मेची राजमार्ग यात्रा गर्ने गाडीहरुले पनि यही स्थानमा खाना खाने भएकाले पनि यहाँका वस्तुले राम्रो बजार पाएको व्यायापारीहरु बताउँछन् । यो बजार हुँदै जाने यात्रुले कुनै न कुनै पसलमा यात्रुले कोसेली किन्ने नै गरेकाले पनि यो बजारका राम्रो व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् ।

कोरोनाको बेला १ वर्ष व्यापारले बजार नपाएको तर हाल बजार राम्रो रहेको व्यापारी रिममाया तामाङ बताउँछिन् । उनी भन्छिन्– ‘हाम्रो जीवनमा आर्जनको पाटो नै व्यापार हो । हाल व्यापार राम्रो भएको छ । स्थानीय गाउँको उत्पादन मात्र बेच्ने भएकाले पछिल्लो समय व्यापार राम्रो भएको छ । मानिसहरुले स्थानीय उत्पादन मन पराउन थालेका छन् ।’

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *