थापाथली-महानगर-थापाथली सुकुम्वासीको मार्चपास (तस्बिरहरू)
२०७९ मंसिर १४ गते

काठमाडौँ । काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरूले थापाथली-महानगर-थापाथली मार्चपास गरेका छन् । उनीहरूले थापाथलीबाट काठमाडौँ महानगरपालिका कार्यालय हुँदै भद्रकाली-माइतीघर हुँदै पुनः थापाथलीसम्म मार्चपास गरेका हुन् ।
धेरै सङ्ख्यामा रहेका सुकुम्वासीहरूले आफूहरूलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका छन् । महानगरले सोमबार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
मंगलबार उनीहरूले महानगरको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । नाराबाजीसहित महानगर पुगेका सुकुम्वासीहरूले महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नाराबाजी गरेका थिए ।
२०७९ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित