बिनु यादवले गरिन् सर्वोच्चअघि प्रदर्शन (तस्बिरहरू)
२०७९ मंसिर १३ गते

काठमाडाैँ । रामेछापकाे गोठगाउँका प्रदीप कठायतसँगको प्रेम सम्बन्धपछि विवाह हुँदै सम्बन्ध विच्छेदसम्म गरेकी बिनु यादवले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आज सर्वोच्च अदालत अघि प्रदर्शन गरेकी छिन् ।
आफूले न्याय नपाएको भन्दै विरोध स्वरूप यादवले सर्वोच्चको साइनबोर्डमा रातो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी हुन् । सर्वोच्चमा रङ्ग छ्यापेलगत्तै यादव र उनको सहयोगी जश्मिन ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
बिनु र प्रदीपको केही महिनाअघि जिल्ला अदालत रामेछापबाट सम्बन्ध विच्छेद भएको थियो । यादवले जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको सार्वजनिक रूपमा भन्दै आएकी छिन् ।
केही महिनाअघि पुनरावेदन अदालत रामेछापमा उनले विष सेवन गरेर आत्महत्याको प्रयाससमेत गरेकी थिइन् ।
२०७९ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित