गायक उदित नारायणका छोरा आदित्य नेपालमा

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रवार साँझ नेपाल आइपुगेका हुन् । शनिवार हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन आदित्य नेपाल आएका हुन् ।

गायक झा भन्छन्, “दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनः नेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।”

उनले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताए । झाको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ । गायक झा चर्चित नेपाली मूलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता सो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रूपमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *