दैलेख २ प्रदेश सभा ‘ख’ मा एमालेका शाह विजयी

दैलेख । दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार विनोद कुमार शाह निर्वाचित भएका छन् । उनी नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष पनि हुन् ।

नेकपा एमालेका उम्मेदवार शाहले गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाहले ९ हजार ४६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ हजार ३८१ मत प्राप्त गरे ।

शाह र शाही पूर्व सहकर्मी पनि हुन् । योगेन्द्र शाही यसअघि नेकपा एमालेका नेता हुन् । पार्टीमा टिकट वितरणका क्रममा विवाद भएपछि उनी माओवादीमा प्रवेश गरेर दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *