स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की-२ मा एमालेकी विद्या विजयी

पोखरा । कास्की क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मत अन्तरले हराएर उनी दोस्रो पटक विजयी भएकी हुन् ।

विद्या यसअघि तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनाबाट निधन भएपछि २०७६ को उपचुनावमा विजयी भएकी थिइन् । उनी रवीन्द्रकी धर्मपत्नी हुन् ।

भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४ सय ९५ मत ल्याए । सुरुआती गणनामा कँडेलले भारती मत सहित अग्रता लिएका थिए । २१ नम्बर वडामा पुगेपछि उनी खुम्चिए । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ मतसहित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *