दैलेख-२ प्रतिनिधि सभा सदस्यमा दिक्पाल शाही विजयी

दैलेख । दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही निर्वाचित भएका छन् । शाही १५३ मतान्तरले विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेललाई पराजित गरेका हुन् । काँग्रेस उम्मेदवार शाहीले २० हजार १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार पोखरेलले २० हजार ५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *