दैलेख-१ मा पूर्व सहकर्मीलाई हराउँदै थापा विजयी

दैलेख । दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापा निर्वाचित भएका छन् । उनी गठबन्धनका साझा उम्मेदवार पनि हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मालाई पराजित गरेका हुन । गठबन्धनका उम्मेदवार थापाले १८ हजार २५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार शर्माले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । थापा र शर्मा पूर्व सहकर्मी पनि हुन् । उनीहरू बिचको मतान्तर ८४९ रहेको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रकाश गुरुङले ६९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद शर्माले ३८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *