सुर्खेतमा सशस्त्र प्रहरीको सुरक्षा निगरानी

सुर्खेत । ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर सुर्खेतमा सशस्त्र प्रहरी बलले सुरक्षा निगरानी बढाएको छ । शुक्रबार बेलुका सशस्त्र प्रहरी बल रत्तकाली गण सुर्खेतले वीरेन्द्रनगरका विभिन्न स्थानमा विशेष सुरक्षा निगरानी समेत गरेको थियो ।

निर्वाचनमा मतदाता, उम्मेदवार र मतदान केन्द्रको सुरक्षालाई मध्यनजर गरेर निर्वाचन सुरक्षाका आधारमा सशस्त्र प्रहरीले गर्नुपर्ने विभिन्न कामहरू गरिरहेको रत्तकाली गण सुर्खेतका गणपति बिमल डाँगीले बताए ।

यस्तै उनले प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, अधिकृतको कार्यालय लगायतको निर्वाचन क्षेत्र सुरक्षा वेश अन्तर्गत जिल्लाभर खटिएको सशस्त्र प्रहरी बलको सुरक्षाको टोली प्रत्येक मतदान स्थलको दोस्रो लेयरमा कुनै झडप, र आपत्कालीन अवस्था रहेको खण्डमा सुरक्षा दिन तैनाथ रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *