जुम्लामा निर्वाचन टोली सवार जीप दुर्घटना, ५ जना घाइते

सुर्खेत । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा निर्वाचन टोली र सामाग्री लिएर गएको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बिहीबार त्रिवेणीबाट जनजागृती मावि ताम्ती मतदान केन्द्रमा खटिएको टोली सवार भे १ च २१८८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ । जिप दुर्घटनामा घाइते भएका व्यक्तिहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

जिप चालकलाई नियन्त्रणमा लिइएको छ । गाडीमा ८ जना सवार रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *