विद्युतीय सवारी मेला ‘ईभी नेपाल एक्स्पो’ हुँदै

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडीको मेला ‘इभि नेपाल एक्स्पो’ आयोजना हुने भएको छ । मंसिर १६, १७ र १८ गते एसडी एक्स्पो मिडियाको आयोजनामा उक्त विद्यतीय गाडीको एक्सपो आयोजना हुने भएको हो । गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठुलो प्रदर्शनी हो ।

एसडी एक्स्पो मिडिया प्रमुख आयोजक रहेको यो एस्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस प्रदर्शनीलाई अटो नेपाल, पावर टक, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सन् २०२० मा हुनु पर्ने यस प्रदर्शनी अब मंसिर १६, १७ र १८ मा हुँदैछ । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउन यो एक्सपो आयोजना गर्न लागिएको हो । यस एक्सपोले पछिल्लो समय विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनबारे समेत जनतालाई सूचित गराउने छ ।

पछिल्ला दशक विद्युतीय गाडीको लोकप्रियता बढ्दो छ । नेपालमा जलविद्युत्को उत्पादन समेत बढेको छ । यही सन्दर्भमा नेपाल सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएको छ । पेट्रोलियम इन्धनमा आधारित गाडीको तुलनामा विद्युतीय सवारीले स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्धुतिय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देशभित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।

यस प्रदर्शनी विशेष गरी बिजुलीबाट चल्ने कार, स्कुटर, मोटरसाइकल, साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामान प्रदर्शनमा राखिने छ ।

यस वृहत प्रदर्शनी १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ । यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुनेछ । यस वृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *