पुरानो घर थिएटरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ (तस्बिरहरू)

काठमाडौँ । सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ पुनः मञ्चन भएको छ । गत भदौ १७ गतेदेखि मञ्चन गरिएको नाटकका कलाकारहरूमा डेंगु सङ्क्रमण देखिएपछि नाटक बिचैमा रोकिएको थियो ।

डिटेक्टिभ जनरामा आधारित नाटक जेबी प्रिस्टलीले सन् १९४५ मा लेखेका थिए । यो ब्रिटिस नाटकले नैतिकतावादी ‘मोरालिटी प्ले’ को भूमिका खेल्छ । नाटक सन् १९१२ को ब्रिटिस समुदायमा आधार बनाएर लेखिएको भएतापनि, २०२२ मा नेपालीमा रूपान्तरण गर्दा समेत नाटकको विषयवस्तु अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

राजकमल फकिरले अनुवाद तथा निर्देशन गरेको नाटक ‘एन इन्स्पेक्टर कल्स’ मा आभास अधिकारी, विजय ताम्रकार, शारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कात्तिक १६ गतेदेखि पुनः मञ्चन गरिएको नाटक ‘एन इन्स्पेक्टर कल्स’ मङ्सिर १२ गतेसम्म मंगलबार बाहेक प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार दिउसो १:३० बजे मञ्चन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *