घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न तोसिमा कार्कीलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =