ग्रहणसहित उदायो चन्द्रमा (तस्बिरहरु)

काठमाडाैँ । आज कात्तिक २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहणसहित चन्द्रमा उदय भएकाले आजको चन्द्र ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज ग्रहणले पूरै चन्द्रमा ढाकेकाेले आजको ग्रहण खग्रास चन्द्र ग्रहण हो । आज दिउँसो १ बजेर १५ मिनेटदेखि नै चन्द्रमालाई पृथ्वीले छेकेको भए पनि नेपालमा बेलुकी ५ बजे र १३ मिनेटमा सूर्यास्त भएसँगै नेपालबाट ग्रहण स्पष्टरुपमा देखिएको छ ।

बेलुकी ५ बजे र २७ मिनेट जाँदा ग्रहणको उन्मीलन भएकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। नेपालमा आजै बेलुकी ६ बजेर ३४ मिनेटमा चन्द्र ग्रहण सकिएको छ। नेपालबाट आजको खग्रास चन्द्र ग्रहण १ घण्टा २३ सम्म देखिएको थियो ।

तस्बिरमा गोकर्णेश्वरको झण्डापार्कबाट देखिएको चन्द्रग्रहण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *