कालीकोटमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ ।
मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालिकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएकाे हाे ।
जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।
दुर्घटनामा ७ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *