निर्देशक पुरीद्वारा डेनमार्कको ‘ब्रेइजनिङ फिल्म फेस्टिभल’मा निर्णायकको जिम्मेवारी पूरा

काठमाडौँ । तीन दर्जन बढी नेपाली फिल्म सम्पादन तथा निर्देशन गरेका शिव पुरीले डेनमार्कको ‘ब्रेइजनिङ फिल्म फेस्टिभल’मा निर्णायकको जिम्मेवारी पूरा गरेका छन् । फेस्टिभल’मा उनीले नेपालबाट एकल सहभागिता जनाएका थिए ।

पुरीले डेनमार्कमा हप्ता दिनसम्म चलेको फेस्टिभलमा विश्वका प्रतिष्ठित फिल्ममेकरसँगै बसेर निर्णायकको जिम्मेवारी पूरा गरेका हुन् । पुरीले अनलाइन आवेदन दिएर निर्णायकको रुपमा छानिएका थिए ।

फेस्टिभल अक्टोबरको दुई देखि ९ तारिखसम्म चलेको थियो । थुप्रै डकुमेन्ट्रीको निर्माण तथा सम्पादन गरेका पुरीले प्रतिष्ठित फिल्म फेस्टिभलमा निर्णायक बन्दाको अनुभव सुखद रहेको बताएका छन् ।

शिव र निर्णायकको टोली सयबढी फिल्मबाट ३५ फिल्म सर्टलिस्ट गरेको थियो । यसरी सर्टलिस्ट भएका फिल्मलाई युरोपका विभिन्न ठाउँमा देखाइएको थियो । देखाइएका ठाउँबाट प्राप्त प्रतिक्रिया निर्णायकले दिएको अंक जोडेर विभिन्न विधाका फिल्मलाई विजेता घोषणा गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *