सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण शुरु

सुर्खेत । नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण शनिबारबाट सुर्खेतमा शुरु भएएको छ । नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा चलचित्र महोत्सव आयोजना हुने छ ।

यो वर्ष पनि नेपालस्थित युरोपियन युनियनको डेलिगेशलेन ११ औं नेपाल युरोपेली युनियन चलचित्र होत्सवमार्फत १३ युरोपेली र ३ नेपाली चलचित्र नेपाली दर्शकश्रोताहरूमाझ पस्किँदैछ । नेपाल युरोपियन युनियन चलचित्र कार्तिक ११ देखि १५ गते सम्म चलचित्र विकास बोर्डमा भएको थियो ।

सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् । यो वर्ष चलचित्र भौतिक र अनलाईन माध्यम गरी मिश्रित विधिवाट महोत्सव आयोजना गरिने छ । अक्टोवर २८ मा भौतिक कार्यक्रम सहित अनलाईन कार्यक्रम समेत सुरु हुनेछ जुन नोभेम्बर २८ सम्म उपलब्ध हुनेछ । अनलाईन चलचित्र महोत्सवमा नेपाली वृतचित्त गोर्खा गर्ल सहित आठ चलचित्र हुनेछन्।

सुर्खेतमा पत्रकारहरु सँग कुरा गर्दैं नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख जोएले हिभोनेटले “दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौं । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेछौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम भएको बताईन ।

१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ुगड्स् अफ मोलेन्बेकु, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको लोला आराशु र टी। रिहाहीले निर्देशन गरेको अस्कर एण्ड लिली मा नेपाली सव्टाईटल हुने छन् । आराश टी रिहाहीले निर्देशन गरेको अस्कर एण्ड लिलीु महोत्सवको ओपनिङ्ग चलचित्र हुने छ जुन चलचित्र आज सुर्खेतमा प्रदर्शन गरिएको छ ।

चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ऐना झ्यालको पुतली हो । यस चलचित्रले महोत्सवको समापन गर्ने छ । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ तथा यस वर्ष नेपाललाई प्रतिनिधित्व गर्दै अस्कर अवार्डमा पठाइएको छ । महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी छन् ।

किरण श्रेष्ठले निर्देशन गरेको येट अनदर विन्टर र विशाल रोक्का मगरले निर्देशन गरेको गोर्खा गर्ल्स उत्सवमा देखाईने अन्य दुई नेलीपा चलचित्रहरू हुन्सु । र्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कणार्ली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरस क्लासञ्चालन गर्ने कार्यक्रम पनि छ। यो कार्यक्रम कार्तिक २२ गते सञ्चालन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *