काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसको घरदैलो (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ ले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
आज क्षेत्र नम्बर ३ अन्तरगतको गोकर्णेश्वर नगरपालिका ८ को क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे र बागमती प्रदेस सभा (ख) का उम्मेदवार बिमल ठकुरी सहित घरदैलो गरिएको चुनाव प्रचारप्रसार समितीका संयोजक हरिबोल भण्डारीले जानकारी दिए ।

काठमाडौँ ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सन्तोष चालिसे प्रतिनिधि सभा उम्मेदवार छन् । उनी गोकर्णेश्वर नगरपालिकाका पुर्व मेयर समेत हुन् । यसैगरी यसै क्षेत्रको बागमती प्रदेस सभा (क) मा बागमती प्रदेस कै निवर्तमान सांसद छिरिङ दोर्जे लामा र बागमती प्रदेस सभा (ख) मा बिमल ठकुरी उम्मेदवार छन् । यद्यपि बिमलको क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता महेश्वर फुयाल पनि प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धन दलको सहमति छ ।

यस क्षेत्रमा प्रतिनिधि सभा तर्फ एमालेले निवर्तमान सांसद कृष्ण राईलाइ चुनावी प्रतिस्पर्धामा उतारेको छ । ०७४ को निर्बाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राईले कांग्रेसकी अम्बिका बस्नेतलाइ पराजित गरेका थिए ।
तस्विरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *