रवि लामिछाने चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चुनावी सभालाई सम्बोधन गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आउने भएका छन् । कार्तिक २० गते वीरेन्द्रनगरको पिपलचौतारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभा हुनेछ ।

प्रतिनिधिसभा सदस्यमा मात्र उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेत क्षेत्र नम्बर १ बाट मोहम्मद हसरत अलि र क्षेत्र नम्बर २ बाट टेक बहादुर चुनारालाई उम्मेदवार बनाएको छ । यस्तै सङ्घीय समानुपातिक उम्मेदवार तर्फ खीमबहादुर बाढी र हिरालाल बादी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार पाटीको घोषणापत्र (बाचापत्र) सार्वजनिक गरेसँगै चुनावी प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *