‘साताका सात’ तस्बिर

झिलिमिली छठ
छठको मुख्य दिनको अघिल्लो रात, छठको लागि सिँगारिएको काठमाडौँको कमलपोखरी ।

नमस्ते गरुड
पाटन कृष्णमन्दिर अगाडी रहेको गरुडको मूर्ति ! गरुडलाई भगवान् विष्णुको बहानाको रूपमा लिइन्छ ।

फोटो क्रेज
छठ पर्वको पूर्वसन्ध्यामा गौरीघाट क्षेत्रमा मोबाइलले फोटो कैद गर्दै सर्वसाधारण ।

आस्था
ठूलो एकादशीको दिन चाँगुनारायण मन्दिरमा टिका थाप्दै एक बालक ।

उद्याउँदो सूर्यलाई अर्घ्य
छठ पर्वको अन्तिम दिन उद्याउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु ।

झिलिमिलीको व्यापार
साँझको समय पाटन दरबारस्क्वार क्षेत्रमा झिलिमिली बत्ती जडित बेलुन बेच्दै सडक व्यापारी ।

पाक्दै फापर
अहिले फापर पाक्ने बेला सुरु भएको छ ! काठमाडौँको काठक्षेत्रको बारीमा पाक्ने तयारेमा फापर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *