चालक अनुमतिपत्रको आवेदन १ मंसिरदेखि बन्द हुने

काठमाडौँ । यातायात व्यवस्था विभागले १ मंसिरदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन दर्ता प्रणाली बन्द गर्ने भएको छ ।

शुक्रबार एक सूचना प्रकाशित गरी विभागले यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्मचारीहरु खटिनु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आवेदन दर्ता प्रणाली बन्द गरिएको हो ।

यस्ताे छ सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *