बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिले बैंक तथा वित्तीय संस्थाविरुद्ध आज माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ऋणमा बढाएको ब्याजदर र प्रिमियम शुल्क उच्च भएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

कोभिडले थला पारेको व्यापार व्यवसायलाई चर्को ब्याजदरले झनै थला पारेको उनीहरूको आरोप छ ।

प्रदर्शनमा उपत्यकाका काठमाडौँ भक्तपुर तथा ललितपुर का साथै काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्ला उद्योग वाणिज्य संघ, नेपाल पस्मिना उद्योग संघ, फ्लोरीकल्चर एसोसिएसन नेपाल लगायतका व्यापारिक संघसंस्थाको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *