आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

काठमाडाैँ । चन्द्रमास पात्रो अनुसार वर्षमा पर्ने चौबीस वटा एकादशी मध्य कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीलाई हिन्दु धर्मशास्त्रमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण एकादशी मानिन्छ ।

त्यसैले यो एकादशीलाई ठूलो एकादशी भनेर पनि बुझिन्छ । हिन्दु धर्मावलम्बीहरूले एकादशी तिथिलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिन्छन् ।

हिन्दु पुराणहरुममा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा शेषनागमाथि सुतेका भगवान् विष्णु आजैको दिन उठ्दछन् । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशीको नामले पुजिन्छ ।

भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार अन्य २३ वटा एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुन्छ। यसदिन गरिने व्रत, स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा हिन्दु पुराणहरूमा उल्लेख छ ।

आजैका दिन तुलसीको शालिग्रामसँग विधिपूर्वक विवाह समेत गरिने धार्मिक परम्परा रहिआएको छ । हिन्दु धर्मावलम्बीहरूले जालन्धर पत्नी वृन्दालाई तुलसी र भगवान् विष्णुलाई शालिग्रामको रूपमा पुज्दछन् । आज उपत्यकाको चार नारायणहरू चाँगुनारायण, इचङ्गुनारायण, शेषनारायण, बिशंखुनारायण सहित बुढानीलकण्ठ मन्दिरमा मेला लाग्ने गर्दछ ।

तस्बिरमा विश्वसम्पदा सुचीमा सूचीकृत चार नारायण मध्यको एक चाँगुनारायणमा दर्शनार्थीको भिड :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *