इमरान खानमाथि गोली प्रहार

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरीक (ए) इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

खानले इस्लामावादमा तत्काल निर्वाचनको माग गर्दै प्रदर्शनको नेतृत्व गरिरहेका थिए। उनको खुट्टामा गोली लागेको थियो तर खतरामुक्त रहेको मिडिया रिपोर्टले जनाएको छ ।

बेलायतको स्काई न्यूजले रिपोर्ट गरेको छ कि उनका समर्थकहरूले यसलाई हत्याको प्रयास भनेका छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *