‘बगान’मार्फत निर्देशनमा खनाल

काठमाडौँ । अभिनेता सरोज खनालले निर्देशक बनेका छन् । हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो ।

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानकोस्वर रहेको छ । अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको फिल्ममा स्वयम् निर्देशक खनालले समेत अभिनय गरेका छन् ।

सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्नु भए तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिनु भएको थिएन् । पटकथासमेत स्वयम्ले लेखेको फिल्मको कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथा सङ्ग्रहबाट ‘बगान’ बाट तयार गरिएको उनले जानकारी दिए ।

‘पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ,’ अभिनेता खनालले पत्रकार सम्मेलनमा भने, ‘उहाँले छाड्नु भएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो । ‘लेखकले आफ्नो दायित्व पूरा गर्नुभयो । उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ ।’

विदुर पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहेका निर्देशक खनालले बताए ।

नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन् । फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *