पुल भाँचिदा ज्यान गुमाउनेको संख्या १४१ पुग्यो, ४७ जना बालबालिका, ९ जना पक्राउ

काठमाडाैँ । भारतीय राज्य गुजरातको मोरबीस्थित मच्छु नदीमा आइतबार भएको पुल दुर्घटनामा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । अझै केही मानिसहरू नदीमा हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

आइतबार राति भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चा समेत रहेका छन् । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुर्निर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ । गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध प्रहरीले उजुरी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *