पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ । राति प्रदेश–१, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =