बागबजारमा घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु
२०७९ कार्तिक १४ गते

काठमाडौं । काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।
झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे रियासाको मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए ।उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको मैनालीले बताए ।
२०७९ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








