देशलाई धनी बनाउन पूर्वाधारको खाँचो छ : राज्यमन्त्री श्रेष्ठ

चितवन । देशलाई धनी बनाउन पूर्वाधारको खाँचो रहेको राज्यमन्त्री उमेश श्रेष्ठले बताए । आज क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर १० ले आयोजना गरेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन केन्द्रित छलफल तथा विमर्श कार्यक्रममा नेता श्रेष्ठले जनतालाई लोकतन्त्र, आर्थिक उदारीकरणका बारेमा बुझाउनुपर्ने बताए ।

चितवन २ बाट गठबन्धनको तर्फबाट साझा उमेदवार बनेका श्रेष्ठले देशको समृद्धि हासिल गर्न लोकतान्त्रिक बामगठबन्धनको जित आवश्यक रहेको भन्दै उनले वडा वडा टोलटोलमा युवाहरु परिचालन गर्नुपर्नेमा जोड दिए ।

‘युवाहरु टोलटोलमा जानुस् घरघरमा जानुस कांँग्रेसको बारेमा बुझाउनुस्’ उनले भने, ‘जनताको मन बुझेर मत मागौं ।’ आफूले जितेमा जनताको चाहना र आवश्यकतालाई बुझेर सोही अनुसार काम गर्ने उनले बताए ।

चितवन क्षेत्र नम्बर २ खका उम्मेद्वार उत्तम जोशीले पार्टीले दिएको विश्वास आफूले टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । आफू यही वडा नम्बर १० बासिन्दा र यहांँका जनतानै अभिभावक रहेकोले एक अर्कामा बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रिय रुपमा काम गरेको बताउंँदै जनताको जीवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताए । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उनको भनाई थियो । आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँको जनताको आवाजको प्रतिनिधित्व गर्ने उनको प्रतिबद्धता थियो ।

नेपाली कांँग्रेस चितवनका सभापति तथा पांँचदलीय निर्वाचन परिचालन समितिका संयोजक राजेश्वर खनालले संयमित भएर चुनावी अभियानलाई अघि बढाउन आग्रह गरे । सामाजिक सञ्जालमा कमेन्ट तथा विचार व्यक्त गर्दा सचेत रहनुपर्ने उनको भनाई थियो । उनले मतदातासंँग उम्मेद्वारले सरल, सभ्य व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

सो क्रममा बोल्दै निवर्तमान कांँग्रेस सभापति जितनारायण श्रेष्ठले सबैजना एकत्रित भई चुनावी अभियानमा होमिन आग्रह गरे । पार्टीका अन्तरद्धन्द्ध, प्रतिस्पर्धालाई बिर्सेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन चुनावी अभियानलाई घरघरमा लग्नुपर्नेमा उनले जोड दिए ।

महासमिति सदस्य प्रकाश अधिकारीले निर्वाचनमा अफवाह, तरंग, आरोप प्रत्यारोप फैलने भएकोले नेता कार्यकर्तालाई जनता समक्ष सकारात्मक कुरा बुझाउनुपर्ने बताए । पार्टीको निर्णय र निर्देशन भन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै अधिकारीले नीति र नियममा बांँधिएर मतदाता समक्ष जानुपर्नेमा उनले जोड दिए ।

कांँग्रेसको कांँधमा ठूलो जिम्मेवारी आएको भन्दै उनले केपी वलीको प्रवृत्तिलाई परास्त गर्न पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । सहभागी अन्य वक्ताहरुले नेता कार्यकर्ता भेटघाट, सभा सम्मेलन भन्दा पनि चुनावी अभियानका सबै संयन्त्रलाई परिचालित गरी जनताको घरदेलोमा जान सुझाव दिएका दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =