अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
२०७९ कार्तिक ९ गते

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको हो । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको छ ।
प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीका नुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।
अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोर शौचालयको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिए ।
२०७९ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








