नेपाल प्रहरीको ‘डग स्क्वायड’ मा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरु)

काठमाडौँ। हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरूको समेत पूजाआजा गर्ने धार्मिक परम्परा रहिआएको छ। कुकुर तिहार अर्थात् नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ। यसदिन कुकुरलाई पूजा गरी मन पर्ने खाना खुवाइन्छ। हिन्दुहरूले कुकुरलाई यमराजको दूतका रूपमा मात्र नभई भैरवको वाहनको रूपमा समेत पुज्दछन्।

हिन्दु धर्मशास्त्रमा मृत्युपर्यन्त पनि यमलोकको मोक्ष द्वारमा कुकुरले नै पहरा दिने उल्लेख गरेको पाइन्छ। मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानव जातिलाई सहयोग गर्दै आइरहेको छ। आजकाल कुकुरलाई घरको रक्षकको रूपमा मात्र नभई अपराधी पत्ता लगाउने र उच्च स्तरको सुरक्षा गतिविधिमा समेत प्रयोग गरिन्छ। प्रथम र दोस्रो विश्वयुद्ध ताका लडाइँमा पनि कुकुरलाई विभिन्न कार्यमा संलग्न गराएको इतिहास समेत छ।

तस्बिरमा नेपाल प्रहरीको ‘डग स्क्वायड’ नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा रहेका कुकुरहरूको पूजा र कला कौशल प्रदर्शन गर्दै ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *